चितवन । चितवनको सौराहामा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यू भएको छ । गोविन्दे नामको जंगली हात्तीले आक्रमण गर्दा खैरहनी वडा नं ९ घरभई रत्ननगर वडा नं ७ स्थित ससुरालीको घरमा बस्दै आएका ३५ बर्षीय सुरेश महतोको ज्यान गएको हो ।
खेतमा तरकारी टिप्दै गरेको अबस्थामा बाघमारा वनबाट बस्ती प्रवेश गरेको उक्त हात्तीले महतोलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । महतोको घटना स्थलमै ज्यान गएको हो । घटना शुक्रबार साझ भएको र मृतकको सब शनिबार दिउसो मात्र भेटिएको हो ।
‘गोविन्दे’ हात्तीले गत असोज १७ गते हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी ३६ वर्षीय जद्दु सिंह थारुलाई आक्रमण गरेर मारेको थियो ।चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ध्रुवे, गोविन्दे, रोनाल्डोले समय समयमा जनधनको क्षति पु-याउँदै आएका छन् ।

