चितवन । नेपाल वितरक महासंघको अधिवेशनले चितवनका दुर्गाप्रसाद ढकाललाई केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको छ ।
पोखरामा सम्पन्न महाधिवेशनबाट तीन वर्षे कार्यकालको लागि ढकाल निर्वाचित हुनु भएको हो । महासंघको निवर्तमान अध्यक्षमा हरिराज पन्त, वरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ, उपाध्यक्ष दामोदर पाठक, कृष्णराज श्रेष्ठ चयन हुनु भएको छ ।
त्यस्तै महासंघको मासचिवमा शिव खनाल, सचिव तेजेन्द्र पौडेल, कोषाध्यक्षमा महनराज न्यौपाने, सह कोषाध्यक्षसुजन कुमार श्रेष्ठ चयन हुनु भएको छ । अधिवेशनले २७ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

