चितवन । पुर्बी चितवनको राप्ती नगरपालिका वडा नं-६, हर्दीचोकमा ट्रयाक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलको पछाडी बस्ने एक युवती घाइते भएकी छन् ।
पूर्व-पश्चिम राजमार्गमा भित्री सडकखण्डबाट राजमार्गमा निस्कदै गरेको ना ७ त ४७३० नम्बरको ट्रयाक्टरमा वीरेन्द्रनगरबाट भण्डारातर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ प ३९०८ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गोरखाको फुजेल गाविस-६ बस्ने ४० वर्षीय भूपेन्द्र श्रेष्ठको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचारका लागि ल्याइएकोमा मंगलबार राति ९ः४७ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलपछाडि सवार राप्ती-४, डडुवा बस्ने २५ वर्षीया सविना थापाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको र फरार ट्रयाक्टर चालक फरार रहेकाले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

