चितवन। त्रिशूली नदीमा कार खस्दा एक घाइते तीन वेपता भएका छन् । पृथ्वी राजमार्गमा अन्तर्गत पर्ने ईच्छाकामना गाउँपालिका५, नाग्दी खोलामा हिजो राति १२ : ३० बजे कार त्रिशुली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडक बाट अन्दाजी ३५ मिटर तल त्रिशुलीमा खोलामा खसेको हो । दुर्घटनामा परि घाईते हुनेमा पोखरा महानगरपालिका १७ कास्की बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदी रहेको प्रहरीले जनाएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ।
त्यसैगरी कारमा सबार बेपत्ता हुनेहरूमा कार चालक कास्की, पोखरा महानगरपालिका वडा नं १७ का अन्दाजी ५५/६० वर्षिय प्रेम भुजेल, कारमा सवार ५५/६० वर्षीय लेखबहादुर भुजेल र निजकी श्रीमती ३६ वर्षिया ईश्वरी भुजेल रहेको प्रहरीले जानकारी दिएको छ।

