चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खैरहनीको नगर समितिको अध्यक्षमा ज्ञान बहादुर विसुराल चयन भएका छन् । शनिबार सम्पन्न नगर सम्मेलनबाट विसुरालकाे नेतृत्वमा सर्वसम्मत नगर समिति चयन गरिएकाे हाे । रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका विसुराल स्थापित पोल्ट्री व्यवसायी हुन ।
समितिको बरिष्ठ उपाध्यक्षमा टिका अधिकारी, प्रेमबहादुर खाती र भवानी घिमिरे, सचिवमा केदार कार्की र कोषाध्यक्षमा हेम अर्याल चयन भएका छन् ।
सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य युबराज दुलाल (सरद) ,ईश्वरी प्रसाद भट्टराई ,कन्चन खनाललगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

