चितवन। दलित पत्रकार सङ्ख्यात्मक भन्दा गुणात्मक रूपमा अघि भएको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल(नाड्जोन) का केन्द्रीय अध्यक्ष एवम् संविधान सभा सदस्य माननीय विनोद पहाडीले बताउनुभयो।
” यतिबेला संगठन पुर्ननिर्माण अभियानमा हामी रहेका छौं, अहिले प्रदेश अधिवेशनहरू तिब्र गतिमा भैरहेको” उहाँले भन्नुभयो। संघको केन्द्रीय दोस्रो राष्ट्रिय महाधिवेशन चैत मसान्तसम्म आयोजना गरिने र सो को तयारी भइरहेको केन्द्रीय अध्यक्ष पहाडीले बताउनुभयो।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन (नाड्जोन) को आयोजनामा भएको बधाई, सम्मान तथा वनभोज कार्यक्रममा केन्द्रीय अध्यक्ष पहाडीले सो कुरा बताउनुभएको हो ।
संघका चितवन जिल्ला अध्यक्ष श्याम वि.कको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष भीम घिमिरे, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, समता समाज नेपालका केन्द्रीय अध्यक्ष गोपाल बहादुर वि.क थापा, दलित पत्रकार संघका प्रदेश सहसचिव सरोज उपरकोटी, संघका संस्थापक अध्यक्ष एवम् केन्द्रीय पार्षद अमिर रामदाम, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्य, फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङ, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्मा र धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चका संस्थापक अध्यक्ष भीम प्रसाद विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा चितवन जिल्लामा क्रियाशील रहेका विभिन्न पत्रकार संगठनका नवनिर्वाचित समितिहरूलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।
कार्यक्रमको सहजीकरण संघका चितवन सचिव सन्तोष विश्वकर्माले गरेका थिए भने कार्यक्रमको संयोजन संघका चितवन सहसचिव सुरज परियारले गरेका थिए ।

