चितवन । पुर्वीचितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान करिव ११ बजे तिर बिरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२२ नम्बरको बसले मगनी चोकमा रिक्सालाई ठक्करदिदा रिक्सा चालकको मृत्यु भएको हो । दुर्घटनामा रिक्सा चालक खैरहनी – ३ गोठेश्वोर निवासी अन्दाजी ४४ वर्षिय बलराम मैनालीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते मैनालीको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा खैरहनी न.पा.८ मगनीचोक बस्ने बर्ष २८ को देवीलाल श्रेष्ठ घाईते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

