चितवन । रत्नप्रिय क्लब र शितल टोल विकास संस्था लगाएत पाँच वटा टोल विकास संस्थाले रत्ननगर ९ को कपरफोरी, बालुवाटार र पूर्व पश्चिम राजमार्गको छेउछाउ सरसफाई गरेको छ ।
“आफ्नो घर, टोल सफा राख्ने मेरो जिम्मेबारी फोहोर मैलाको वर्गीकरण घरबाट गर्न सुरूवात गरौ भन्ने नाराका साथ क्लबका अध्यक्ष बसन्त राना मगर र शितल टोल विकास संस्थाका अध्यक्ष बसन्त अम्गाईको नेतृत्वमा शनिवार सरसफाई गरेको हो ।
सफा उर्जा उत्पादन प्रा.लि ले सहकार्य गरेको सरसफाई कार्यक्रममा ९ वर्षको बालबालिका देखि ८४ वर्ष सम्मका वृद्धहरु, क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले आफ्नो गाउँ तथा नगरक्षेत्रभित्रका सार्वजनिक स्थल तथा महत्वपूर्ण सम्पदा र खुलाक्षेत्रको सरसफाईलाई व्यवस्थित बनाई स्वच्छ, सफा, स्वस्थ्य, सुन्दर र सभ्य नगरको पहिचान कायम गर्न आग्रह गरे ।
क्लवका अध्यक्ष राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजिक अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, कपरफोरी बालुवाटार बिपद् व्यवस्थापनका अध्यक्ष रामचन्द्र पौडेल, नवजागृती टोल विकास संस्थाका अध्यक्ष नरेश्वर सापकोटा लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सञ्चालन क्लवका सचिव बिजय लामाले सञ्चालन गरेका थिए ।

