चितवन। जनयुद्वका महान शहिद ऋषि लामिछाने( निशान) १९औँ स्मृति दिवस रत्ननगरमा एक कार्यक्रम गरि मनाईएको छ । निशान स्मृति प्रतिष्ठानको आयोजनामा शुक्रबार एक कार्यक्रम गरि मनाईएको हो।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य कन्चन खनालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कोषाध्यक्ष संगिता भट्टराई,रत्ननगर-१५ का वडा अध्यक्ष आसिक तामाङ्ग,नेकपा माओवादी केन्द्र रत्ननगरका उपाध्यक्ष दिल बहादुर बुढाथोकी,सचिव मेघनाथ पौडेल विशिष्ट अतिथिको रुपमा रहेका थिए।
कार्यक्रममा निशान स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष द्रोण प्रसाद लामिछाने,नेकपा माओवादी केन्द्र,रत्ननगर-१५ का अध्यक्ष देबी प्रसाद बस्ताकोटी,नेकपा एमाले रत्ननगर-१५ का सचिव मदन भुजेल,नेपाली काँग्रेस रत्ननगर-१५ का सचिव रुपेश तिवारी,नेकपा समाजवादी रत्ननगर-१५ का अध्यक्ष हुमनाथ लामिछाने,राष्ट्रिय स्वतन्त्र पार्टी,रत्ननगर-१५ का अध्यक्ष हरि प्रसाद सिलवाल,नेकपा सीका शारदा थापा मगर लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य कन्चन खनालले मुलुकको राजनीतिक परिवर्तनका लागि शहिद ऋषि लामिछाने(निशानको)भूमिका महत्वपुर्ण रहेको चर्चा गदै उनले लामिछानेले देखाएका बाटोलाई पार्टीले सदैव अवलम्वन गरिरहने बताउनुभयो।
निशान स्मृति प्रतिष्ठानलाई संस्थागत बनाउन सबैको सहकार्य आवश्यक हुने हुँदा सिमित रुपमा नभई साझा थलोको रुपमा लिई विभिन्न कार्यक्रमहरु गर्दै संस्थालाई चलायमान बनाउन पर्नेमा जोड दिनुभयो। प्रतिष्ठानको भौतिक प्रगती र यस मार्फत हुने गरेका गतिविधी प्रसंशनिय भएको बताउँदै आगामी दिनमा संस्थामार्फत एम्बुलेन्स सेवा सुचारु गर्नका लागि तिनै तहको सरकारलाई ध्यानाकर्षण गराउनुभयो।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रकी बागमती प्रदेश कोषाध्यक्ष संगिता भट्टराईले शहिदहरु सबैका साझा भएकोले शहिदले देखाएको बाटो सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रत्ननगर-१५ का वडा अध्यक्ष आसिक तामाङ्गले “निशान स्मृति प्रतिष्ठानले स्थापना काल देखि नै समाज लक्षित विभिन्न कार्यक्रम गर्दै आईरहेकोमा खुशी व्यक्त गर्नुभयो। उहाले संस्थाको भौतिक प्रगति र गतिविधी चलायमान बनाउने बिषयमा आफू सधैँ सकारात्मक रहेको र वडाबाट हुनसक्ने जुन सुकै सहयोग गर्न आफू सदैव तत्पर रहेको बताउनु भयो।
कार्यक्रम निशान स्मृति प्रतिष्ठानको अध्यक्ष रमेश लामिछानेको अध्यक्षता रहेको सो कार्यक्रम प्रतिष्ठानका सचिव आनन्द लामिछानेले संचालन गर्नुभएको थियो ।
शहिद ऋषिराम लामिछाने ( निशान)को वि.सं.२०६२ माघ १८ गते चितवनको भरतपुरमा तत्कालिन शाही सेनाद्वारा निर्ममतापूर्वक हत्या गरिएको थियो।

