मेष : शुभकार्यको चर्चा चल्नेछ। धर्मकर्ममा मन लाग्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। खानपिनमा विचार पुर्याउनु होला।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृष : चिताएको कामले तीव्रता लिनेछ। एउटै कामबाट दोहोरो लाभ हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति भने बढी सजगता अपनाउनु पर्नेछ।
भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
मिथुन : रमणीय र सुखद यात्राको योग छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। धर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन जानेछ। परिश्रमअनुसारको उपलब्धि राम्रै मिल्ला।
भाग्यशाली रङ आकासे हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
कर्कट : आयव्यय बराबरी हुनेछ। मनमा दोधारको अवस्था सिर्जना होला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
सिंह : नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सामाजिक कार्यमा सफलता हात लाग्नेछ। घरायसी मनोरञ्जन हुनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। अतिथिका रूपमा सम्मान पाइनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
कन्या : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। जोस, जाँगर र हिम्मत बढ्नेछ। शुभ कार्यको योजना बन्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।
भाग्यशाली रङ पर्पल हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
तुला : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ। सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
वृश्चिक : समय व्यवस्थापन गर्न गाह्रो होला। महत्त्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्च होला। प्रेमीको सहयोग पाइनेछ। साँझमा धन हात पर्न सक्छ।
भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
धनु : धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मकर : जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। कृषि कार्य अघि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको भने ख्याल गर्नु होला।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ : हर्ष र प्रसन्नतामा समय व्यतीत हुनेछ। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्ला। मिष्ठान्न भोजनको अवसर जुर्नेछ। रोकिएका काम पूरा हुनेछन्।
भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मीन : मान्यजनको सुझाव अप्रिय लाग्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला। आत्मबलमा कमी आउनेछ। मन उत्ताउलो बन्नेछ। स्वास्थ्यप्रति सचेत रहनु पर्छ। तीर्थाटनको योग छ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

