चितवन । समाजसेवी स्व. प्रेमकुमार जोशीको स्मृतिमा नारायणगढको पोखरा बसपार्कमा शुध्द खानेपानीको व्यवस्था मिलाइएको छ। बसमा यात्रा गर्ने यात्रुहरुका लागि शुध्द पिउने पानीको व्यवस्था गरिएको भाइ एबम पत्रकार इश्वर जोशीले बताए । पिउने पानीको भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष जयराम श्रेष्ठले उद्घाटन गरेका हुन्।
गत जेठ ९ गते निधन भएका जोशीको नाममा करिब ६० हजार रुपैयाँको लागतमा उनकी श्रीमती सरस्वती जोशी तथा छोरीहरु बन्दना श्रेष्ठ, अन्जना गोशली, सफिना जोशी, एलिसा जोशी र मनिषा जोशीले पिउने पानीको व्यवस्था मिलाएका हुन्।
पोखरा बसपार्कमा पिउने पानीको व्यवस्था
पोखरा बसपार्कमा पिउने पानीको व्यवस्था
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

