चितवन। नारायणढ–मुग्लिन सडक दुईतर्फि सञ्चालनमा आएको छ ।राति १२ बजेदेखि रोकिएका सवारीसाधनहरु १० बजे बाट संचालनमा आएको ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवाननाथ थापाका अनुसार इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा गएराती १२ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । उहाँका अनुसार बाटो दुईतर्फि सञ्चालनमा आएपनि सडकमा सवारीको चाप धरै भएकाले राम्रोसंग गुड्न सकेका छैनन्।

