देवघाट। चितवन र तनहुॅको संगमस्थल देवघाटधाममा माघ १ गतेदेखि देवघाट महामहोत्सव आयोजना हुने भएको छ । चर्चित भागवत वाचक इश्वरकृष्णजी महाराजको संकल्पमा आयोजना हुने महमहोत्सव माध ३० गेसम्म संचालन हुने आज देवघाटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महामहोत्सवको लागि देवघाटको वेणिसंगमस्थित चितवनतर्फको भागमा पन्डाल निर्माणको काम भइरहेको छ ।
देवघाटधामको तनहुतर्फ निर्माणाधिन दिव्यधाम एवम् मातापिता आश्रमको पुर्णताको लागि यो महामहोत्सव आयोजना गरिएको इश्वरकृष्णजी महाराजले जानकारी दिनुभयो। ३६५ वटा कोठा सहितको सो दिव्यधाम निर्माण पश्चात असाहाय र अशक्तहरुले निशुल्क आश्रय पाउने छन् भने दान गर्न सक्नेहरुले शुल्क तिरेरै पनि सेवा लिन पाउनेछन्।
जसका लागि निर्माणकै क्रममा प्रतिकोठा जम्मा १० लाख रुपैया दान गरेर पनि सो सेवा लिन सकिनेछ ।
७ देखि १० वर्ष लगाएर यो परियोजनाको पुर्णता गरिनेछ। अहिलेसम्म् पनि दानबाटै निर्माण गरिएको र यसको पुर्णता पनि दान र सहयोगबाटै गरिने इश्वरकृष्णजी महाराजले जानकारी दिनुभयो ।
३० दिनसम्म चल्ने महामहोत्सवमा देवी प्रतिभा, यशोदा माताजी,अनुराधा पान्डे लगायतका चर्चित वाचिकाहरुको उपस्थिति रहने श्रीवास कृ्ष्णदास बाल ब्रम्हचारीले जानकारी दिनुभयो।
महामहोत्सवका सल्लाहकार डा केशवराज भुर्तेलले माघ महिनामा देवघाटधाममा आई केही दिन सेवागरेर पुण्य लिनुहुन अनुरोध गर्नुभएको छ ।

