चितवन । चितवनमा लागुऔषध र गांँजासहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा अटोचालक रत्ननगर नगरपालिका वडा नम्बर ५ का ओम थापा र अटोमा सवार वडा नम्बर ३ का अर्का अनिष भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बेलुका ५ बजेर २० मिनेटमा रत्ननगर नगरपालिका वडा नम्बर ५ मगर टोल स्थित भित्रि सडकखण्डमा कुमरोज बाट बछौली तर्फ आउदै गरेको ना.१ ह. ६३२६ नम्बर को अटोलाई प्रहरी चौकी बछौली बाट प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ्ग टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका छन । उनीहरुको साथबाट पछाडि भिर्ने कालो झोलामा लुकाएर ल्याएको गांजा अन्दाजी १ केजी , ट्रामा ४० ट्याब्लेट र नाइट्रोभेट १४ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय , टांँडी पठाइएको छ ।
रत्ननगरबाट लागुऔषध सहित दुईजना पक्राउ
रत्ननगरबाट लागुऔषध सहित दुईजना पक्राउ
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

