गैडाकोट । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुगांनाले अमेरिकी सहायता परियोजना (एमसीसी) नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताविरुद्ध भएको दावी गरेका छन् । आज (मंगलबार ) राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला कार्यसमितिले गैडाकोटमा आयोजित विरोध सभालाई सम्बोदन गर्दै उनले भने एमसीसी सम्झौता जबरजस्ती लाद्न खोजीदै छ । एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता, सर्वभौमिकताको विरुद्धमा छ ।’ उनले एमसीसी नेपालमा पास हुनु भनेको युद्धको आगमन हुनु रहेको बताए। जनताको इच्छाविपरीत सरकारले जबर्जस्ती एमसीसी सांसदबाट पास गरे आन्दोलनले थप कडा रूप लिन सक्ने चेतावनी दिए ।
त्यस्तै अखिल नेपाल टेड युनियन महासंघका उपाध्यक्ष शालिकराम सापकोटाले एमसीसी परिमार्जन गर्ने कुरा नगरी पुर्ण रुपमा खारेज गर्नुपर्ने बताए । उनले अमेरिका आफ्नो कुनै निजि सर्तको लागि नेपालमा एमसीसीको छिरेको छ। नेपालको संविधान भन्दा माथि राखेर पास गर्न खोजेको एमसीसीको रणनैतिक उदेश्य पुरा नहुँदासम्म जोखिम बढ्ने उनले बताए । सापकोटाले एमसीसी खारेज नहुँदासम्म सडकमा विरोध प्रर्दशन गरिरहने जानकारी दिए।
कार्यक्रममा वामपन्थी बृद्धिजीवी युवराज पन्थी , यमुना न्यौपाने , जनक तिवारीले लगाएतले मन्तव्य राखेका थिए ।राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला कार्यसमितिका अध्यक्ष दिपक पाण्डेको अध्यतातामा भएको कार्यक्रमको सहजीकरण कृष्ण सापकोटाले गरेका थिए ।

