चितवन। उद्योग वाणिज्य संघ–चितवनका सदस्यहरूले होटल बाराही पोखरामा २५ प्रतिशत सम्म छुट सुविधा पाउने भएका छन । छुट सम्बन्धी सम्झौता पत्रमा आज आइतबार हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संस्थागत उत्तरदायित्व अन्तर्गत रहेर संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको बताउदैँ उहाँले अन्य संघ संस्था तथा व्यवसायिक प्रतिष्ठानहरु सँग पनि सदस्यहरुलाई छुट सेवा उपलब्ध गराउन पहल गरिरहेकोे बताउनु भयो ।
कार्यक्रमममा होटल बाराहीका सेल्स म्यानेजर रशना शाक्यले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउदै लैजाने बताउनुभयो ।
सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराएको सदस्यता परिचयपत्र देखाउनु पर्नेछ र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी गराउनुभएको थियो ।
यस अघि सम्झौता पत्रमा हस्तक्षर भई छुट उपलब्ध गराईरहेका व्यवसायिक प्रतिस्ठानहरु एनपिआई. नारायणी सामुदायिक हस्पिटल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, टिचिङ्ग हस्पिटल, चितवन मुटु हस्पिटल प्रा.लि., निको चिल्डेन हस्पिटल, चितवन मिड टाउन रिसोर्ट प्रा. लि. ग्यालेक्सी गार्डेन रिसोर्ट प्रा. लि., भरतपुर गार्डेन रिसोर्ट प्रा. लि., अशोका रिसोर्ट प्रा.लि., रोज गार्डेन रिसोर्ट, होटल सिराईचुली, होटल रोयल सेन्चुरी, गन्तव्य रिसोर्ट (पोखरा), मनकामना दर्शन प्रा. लि, र मौलाकालीका केवलकारले पनि संघका सदस्यहरुलाई छुट सुविधा उपलब्ध गराउदै आएको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भएको थियो ।

