• गृहपृष्ठ
  • चितवन विशेष
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मल्टिमिडिया
×

Copyright © 2021 Chitwan Press

Devlopment by nTech.

बिहिबार, चैत १९, २०८२ | Thursday 2nd April 2026
☰
    • गृहपृष्ठ
    • चितवन विशेष
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • आर्थिक
    • अन्तर्राष्ट्रिय
    • मल्टिमिडिया
बिहिबार, चैत १९, २०८२

ताजा अपडेट

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान
  • ३ दिन 
शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने
  • ३ दिन 
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
  • ३ दिन 
शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
  • ३ दिन 
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
  • ३ दिन 
गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते
  • ३ दिन 
डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश
  • ३ दिन 
वन डढेलो नियन्त्रण र वन्यजन्तु संरक्षणका लागि सामुदायिक वनमा जलाशय निर्माण
  • ३ दिन 
कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा
  • ३ दिन 

चर्चित समाचार

  • १. नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान

  • २. सुशासन मार्गचित्र: लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

  • ३. चैत्र शुक्ल एकादशी: सेतो मच्छिन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

  • ४. परीक्षा दिन गएका दुई विद्यार्थीको नारायणीको भङगालोमा डुबेर मृत्यु

  • ५. चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

  • ६. एमाले चितवनद्वारा केपी शर्माओली र रमेश लेखकको पक्राउप्रति आपत्ति , उच्चस्तरीय छानबिन आयोग गठनको माग

  • ७. गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते

  • ८. शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

  • ९. डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश

  • १०. शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

ट्रेण्डिङ :

    राशिफल मृत्यु नेपाली कांग्रेस भरतपुर महानगरपालिका पक्राउ नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन राष्ट्रिय निकुञ्ज नेकपा (माओवादी केन्द्र) प्रचण्ड

म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित


शनिबार, असार ३०, २०८१ मा प्रकाशित

म्याग्दी। दूध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनुपरेको जनाएको छ ।
दूध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर रु दुई दशमलव ५० का दरले अनुदान उपलब्ध गराउन प्रदेश सरकारले केन्द्रलाई चालु आर्थिक वर्षका लागि रु २४ लाख बजेट विनियोजन गरेको थियो । अनुदान कार्यक्रमका लागि दोनान, बास्कुना, शुभकामना कृषि र सिमलचौर बीउबिजन कृषि सहकारी संस्थाले केन्द्रमा आवेदन पेस गरेका थिए ।
शुभकामना कृषि सहकारी संस्थामा आबद्ध कृषकले मात्र रु दुई लाख एक हजार पाँच सय अनुदानबापतको रकम पाएका बेनी नगरपालिका–७ कुरिलाखर्कमा रहेको ढुङ्गाना कृषि तथा पशुपन्क्षी फार्मका सञ्चालक सुरेश ढुङ्गानाले जानकारी दिनुभयो । बाँकी रु २१ लाख ९८ हजार पाँच सय फिर्ता भएको हो । कार्यविधिअनुसार सबै प्रक्रिया पूरा गरेर तोकिएको कागजात पेस गरे पनि कार्यालयका केही कर्मचारीको बेवास्ताका कारण कृषक अनुदानबाट वञ्चित भएका उहाँले गुनासो गर्नुभयो ।
“हरेक चौमासिक रुपमा वितरण गर्नुपर्ने अनुदान कर्मचारी अभाव भएको भन्दै एकै किस्तामा आर्थिक वर्षको अन्तिममा भुक्तानी गर्ने प्रतिबद्धता जनाएका भेटेरिनरी कार्यालयका कर्मचारीले आवको अन्त्यमा बेवास्ता गर्दा अनुदान रकम फिर्ता गएको हो”, ढुङ्गानाले भन्नुभयो, “यही असार २४ गते सम्म भुक्तानी आउने आश्वासन पाएका किसान अनुदानबाट वञ्चित भएका छन् ।” बेनी बजारमा दैनिक एक हजार पाँच सय लिटर दूध आपूर्ति गर्ने ढुङ्गानालगायत १८ जना कृषकले दोभान कृषि सहकारी संस्थामार्फत अनुदानका लागि आवेदन पेस गरेका थिए । दैनिक दुई सय लिटरभन्दा बढी दूध निकासी गर्ने बास्कुना, तातोपानी, बरङ्जा क्षेत्रका कृषकले सिमलचौर कृषि सहकारीमार्फत आवेदन दिएको जनाएका छन् ।
बेनी–७ का कृषक कृष्णप्रसाद शर्माले विगतका वर्षमा सहज तरिकाले अनुदान पाए पनि यसपाली कर्मचारीले सहयोग नगरेका गुनासो गर्नुभयो । “यसअघिका वर्षमा हामीले पेस गरेका कागज र प्रक्रियाबाट अनुदान पाउने गरेका थियौँ । यस वर्ष पनि सोहीअनुसार कार्यालयले मागेका सबै कागजात पेस गरेका हौँ”, उहाँले भन्नुभयो, “केन्द्रका कर्मचारीले अनुदान दिने प्रतिबद्धता जनाएर कृषकलाई झुक्काउने र निराश बनाउने काम गरेका छन् ।” केन्द्रका प्रमुख डा भरत रेग्मीले कार्यालयका योजना प्रमुख सुवास रेग्मी नेतृत्वको समितिलाई अनुदान वितरणको जिम्मेवारी दिइएको बताउनुभयो ।
अनुदानका लागि तोकिएको मापदण्ड र प्रक्रिया पूरा नभएकाले अनुदान उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ । “योजना शाखाका प्रमुख, लेखा प्रमुख र एक जना प्राविधिक रहेको समितिले गरेको सिफारिसअनुसार सहकारी संस्था छनोट र अनुदान वितरण भएको हो”, प्रमुख रेग्मीले भन्नुभयो, “जुन सहकारीले कार्यविधि र मापदण्ड पालना गरेका छन्, ती सहकारीमा आबद्ध कृषकले अनुदान पाएका छन् । कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले अन्यले अनुदान नपाएका हुन् ।”
केन्द्रका योजना शाखा प्रमुख सुभास रेग्मीले शुभकामना कृषि सहकारी संस्थाले मात्र कृषकबाट दूध सङ्कलन गरेर बजारमा पठाउने र सहकारीको खाताबाट कृषकलाई रकम भुक्तानी गरेको पाइएकाले उक्त सहकारीलाई मात्र अनुदान दिएको बताउनुभयो । “विगतका वर्षमा केकसरी अनुदान रकम उपलब्ध गएिको थियो सोबारे अध्ययन गर्नेछौँ”, उहाँले भन्नुभयो “यस वर्षदेखि निश्चित मापदण्ड र कार्यविधि बनाएका छौँ । सोहीअनुसार अनुदान दिएका हौँ ।” कृषक भुवन आचार्यले केन्द्रका प्रमुख र योजना शाखा प्रमुख रेग्मीद्वयको भनाइ खण्डन गर्दै केन्द्रका कर्मचारीको बेवास्ताका कारण राज्यले दिएको सुविधाबाट कृषक वञ्चित भएका गुनासो गर्नुभयो ।

  • दूध
शनिबार, असार ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु
नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

साताको चर्चित

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान

सुशासन मार्गचित्र: लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

चैत्र शुक्ल एकादशी: सेतो मच्छिन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

परीक्षा दिन गएका दुई विद्यार्थीको नारायणीको भङगालोमा डुबेर मृत्यु

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

एमाले चितवनद्वारा केपी शर्माओली र रमेश लेखकको पक्राउप्रति आपत्ति , उच्चस्तरीय छानबिन आयोग गठनको माग

गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश

शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

ताजा समाचार

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते

डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश

वन डढेलो नियन्त्रण र वन्यजन्तु संरक्षणका लागि सामुदायिक वनमा जलाशय निर्माण

कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा

चैत्र शुक्ल एकादशी: सेतो मच्छिन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

हाम्रो बारेमा

एमोस मिडिया नेटर्वक प्रा.लि द्वारा संचालित
www.chitwanpress.com

सञ्चार रजिष्ट्रारको कार्यालय
दर्ता नम्बर ००१०८ ( बागमती प्रदेश )
प्रेस काउन्सिल नेपाल ,दर्ता नं. १७४६

सम्पर्क

ठेगाना
भरतपुर-१२ प्रेरणा टोल , चितवन

सम्पर्क नम्बर
०५६-५९०१२५ ,९८५५०५४९८९

ईमेल
[email protected]

हाम्रो टीम

प्रधान सम्पादक

प्रकाशमणि ज्ञवाली

कार्यकारी निर्देशक
बिलबहादुर अधिकारी

संवाददाता
बिनिता कँडेल

सामाजिक संजाल

Facebook

Twitter

YouTube

Copyright ©2026 Chitwan Press | All rights Reserved.
 Website By :  nwTech.