चितवन। पूर्बी चितवनको खैरहनी नगरपालिकामा एक पुरुष मृत अबस्थामा फेला परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर २ निबासी २४ वर्षिय कृष्ण प्रसाद खनाल आज बिहान मृत अबस्थामा भेटिएका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीका अनुसार खनालको घाँटीमा धारिलो हतियार (छुरी) प्रहार गरेर हत्या गरिएको देखिन्छ । खनालको शब घरबाट केही मिटर पर डाबर नेपालको निर्माणधीन हर्बल उद्योगको कम्पाउण्ड बाहिर बिहान ६ वजे भेटिएको भण्डारीले बताउनुभयो ।
शब भेटिए संगै स्थानीयले खवर गरेर पछि घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले हामीले कुकुर र फरेन्सीक ल्याव टोलिको सहायताले अनुसन्धान सुरु गरेका छौ ।”