चितवन । भोजाड एफसी छैटौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज (बुधबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पटिहानी एफसीलाई २-० ले हराउँदै भोजाडले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । भोजाडको जितमा सन्देश बल र अन्जन लामाले गोल गरे ।
खेलमा भोजाडले १७ औं मिनेटमा सन्देशको गोलमा अग्रता लिएको थियो । ३० औं मिनेट अन्जनले गोल गर्दै भोजाडलाई २-० को जित दिलाए । भोजाडका हिमांंशु थापा म्यान अफ दि म्याच भए ।
यस अघि आजै सम्पन्न पहिलो खेलमा रिजेक्ट सेभेन एफसी गैंडाकोटलाई हराउँदै नारायणी एफसीले क्वाटरफाइनलमा स्थान बनाएको छ । नारायणीको जितमा विवेक परियारले १४ औं, सुजल गुरुङले १९ औं तथा अनिल वाइवाले अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गरे । सुजल म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा बिहीबार एक खेल हुनेछ । बिहीबार दिउँसो ३ बजे हुने खेलमा रत्नप्रिय एफसी र ठोरी एफसी भिड्नेछन् । युनिक क्लब भरतपुर ११ को आयोजनामा जारी प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३-३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्नेछ ।