चितवन। पूर्वी चितवनको रत्ननगर ९ टिकौलीमा रहेको टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा वृद्धिसेन चौधरी अध्यक्षमा निर्वाचित भएका छन् ।
वन समुहको ५ औँ अधिवेशनबाट चौधरीको नेतृत्वमा १५सदस्ययी नयाँ कार्य समिति निर्वाचित गरेको कार्यालय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । जसको उपाध्यक्षमा टिकाराम आचार्य, सचिवमा शान्दिेवी शर्मा रिजाल, कोषाध्यक्षमा राधा पौडेल सुवेदी रहेका छन् ।
सदस्यहरुमा रमेश सिम्खडा, प्रकाश सापकोटा, बसन्त अम्गाई, केशवबहादुर मल्ल, उर्मिला पासवान र रामनाथ चौधरी रहेका छन् । त्यस्तै अनुगमन संयोजकमा शालिकराम पाण्डे रहेका छन् । अध्यक्षमा निर्वाचित भएसगैँ चौधरीले टिकौली वनलाई नमुना बनाउदै पर्यापर्यटनलाई थप व्यवस्थित जनाउने प्रतिबद्धता जनाएका छन् ।