चितवन। भरतपुरको हस्पिटलरोडस्थित क्यापिटल रेफरेन्स ल्याब (सिआरएल) ले नयाँ भवनबाट सेवा सुरु गरेको छ । ल्याबले थप व्यवस्थापनसहित हस्पिटलरोडस्थित छहारी होटलबाट २० मिटर भित्रस्थित नयाँ स्थानबाट सेवा सुरु गरेको हो ।
नयाँ वर्षको अवसर पारेर आज (सोमबार) नयाँ स्थानबाट सेवा सुरु गरिएको ल्याबका प्रवन्ध निर्देशक अशिम श्रेष्ठले जानकारी दिनुभयो । नयाँ उच्च स्तरीय उपकरणहरुसहित थप व्यवस्थित तरिकाले नयाँ स्थानबाट सुरु गरिएको श्रेष्ठले बताउनुभयो । ल्याबमा शरिरमा भएका समस्या पत्ता लगाउन हुने परिक्षणलाई थप स्तरीय र छरितो बनाउन नयाँ उपकरणहरु जडान गरिएको समेत उहाँले बताउनुभयो ।
अब सेवाग्राहीहरुले छिटो र सहज तरिकाले सेवा लिन पाउने श्रेष्ठको विश्वास छ । ‘हामीले सेवाग्राहीहरुको सहजताका लागि नयाँ ठाउँबाट सेवा सुरु गरेका छौं । थप नयाँ टेक्नोलिजोहरु पनि थपेका छौं । यसले हाम्रो सेवालाई थप सहज बनाउनेछ’, उहाँले भन्नुभयो ।
यस्तै ल्याबले माघ १ गतेबाट बिशेष छुट अफर ल्याउने तयारी गरिरहेको समेत श्रेष्ठले जानकारी दिनुभयो । माघ १ गतेबाट नेपाली नयाँ वर्ष २०८१ सम्म सबै परिक्षणमा बिशेष छुट दिईने उहाँले बताउनुभयो । ‘हामीले बिशेष छुटको योजना पनि बनाएका छौं । माघ १ गतेदेखि नेपाली नयाँ वर्ष २०८१ बैशाखसम्म सबै किसिमको परीक्षणमा बिशेष छुट दिनेछौं’, श्रेष्ठले भन्नुभयो ।
२०७२ सालमा स्थापना भएको ल्याबले करिब ९ वर्षदेखि सेवा दिँदै आइरहेको छ । ल्याबमा ल्याब टेक्नोलोजिस्ट, प्याथोलोजिस्ट, एमएलटी, सिएमएलटी, बिएमएलटी गरी २० भन्दा बढी कर्मचारीले सेवा दिँदै आएका छन् । नेपाल सरकारको ख वर्गको मान्यता प्राप्त ल्याबले शरिरमा भएका समस्या पत्ता लगाउन सबै किसिमको परीक्षण गर्दै आएको छ ।