चितवन। चितवनको कालिका -५ मा अवस्थित भिमोदय नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५३औं वर्ष पुगेको अवसरमा स्वर्णमहोत्सव भव्यताका साथ मनाईरहेको छ ।
सो अवसरमा विद्यालयलाई विभिन्न सामाजिक संघ संस्थादेखि विद्यालयका पूर्व विद्यार्थी लगायत स्थानीहरुले आर्थिक रुपमा सहयोग गर्ने क्रम जारी रहेको छ ।
यसैबीच विद्यालयका पुर्व प्रधानाध्यापक हरि प्रसाद कँडेलले आफ्नो बुबा आमाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ ५१ पैसा बराबरको “जयलाल-पार्वती सर्वोत्कृष्ट विद्यार्थी पुरस्कार” अक्षय कोष स्थापना गरेका छन् ।
सो विद्यालयको पुर्व विध्यार्थी समेत रहेका कँडेललले स्थापना गरिएको अक्षय कोषवाट विद्यालयमा अध्ययनरत्त सर्वोत्कृष्ट विद्यार्थीलाई सहयोग गरिने बताए। विद्यालयमा अध्ययनरत सर्वोत्कृष्ट विध्यार्थीको लागि हौसला एवं उर्जा थप्न पनि यस अक्षय कोषले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए।
वि.सं २०५६ देखि अनवरत रुपमा सोही विद्यालयमा अध्यापन गर्दै आएका कँडेल वि.सं २०७२ देखि २०७९ सम्म प्रधानाध्यापकको रुपमा कार्यरत थिए।
स्वर्णमहोत्सवको पाँचौ दिन विद्यालयमा आयोजित एक कार्यक्रमका बीच अक्षय कोष बराबरको चेक बाबा जयलाल कँडेल,उनी स्वयं,आमा पार्वती कँडेल,श्रीमती लक्ष्मी कँडेल,बुहारी लक्ष्मी कालाथोकी कँडेल र भाइ शंकर कँडेलद्वारा संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठ र प्रधानाध्यापक इन्द्रनाथ पौडेललाई हस्तान्तरण गरिएको थियो ।
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विद्यालयमा विभिन्न समयमा योगदान पुर्याउनुहुने ५०७ जनालाई सम्मान गरिएको थियो।