चितवन । चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टाराई निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन बाट संस्थापक उपाध्यक्ष समेत रहेका भट्टाराईको नेतृत्वमा आगामी ३ वर्ष कार्यकालको लागि २१ सदस्य कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्ष दीर्घमान श्रेष्ठको अध्यक्षता सम्पन्न अधिवेशनले उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिव महेश तिवारी, सचिव अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सह–कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सदस्य गगन लामा, शुकरानी लामा, शोभा गौतम, नबिन रिजाल , बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेन मान शाक्य, राम प्रसाद सुबेदी, प्रमिल न्यौपाने, बिशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी, पुरुशोत्तम कंडेल रहेका छन् ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन भाबी कार्ययोजना र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ साथै देशको वर्तमान आर्थिक अवस्था, व्यवसायीहरुले भोग्नु परेको समस्याका सन्दर्भमा व्यवसायीहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमा बोल्दै संस्थापक अध्यक्ष समेत रहेका अध्यक्ष दीर्घमान श्रेष्ठले संस्था स्थापनाकाल देखि हाल सम्म नेपालमा चेम्बरले पुराएको योगदान चर्चा गर्दै र वर्तमान अवस्थामा व्यवसायीलाइ धैर्यतापुर्वक आफ्नो व्यवसायमा लग्न अनुरोध गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष भट्टाराईले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकायसंग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दै वैदेशिक रोजगारीका नाममा विदेश पलायन हुने युवाहरुलाई नेपालमै उधम तथा रोजगारीको वातावरण बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताए ।
वि.स २०७५ सालमा चितवनमा स्थापित संस्थाले व्यवसायिक हकहित, प्रवर्दन, व्यवसायिक दक्षता विकास सरोकार लगाएत विभिन्न क्षेत्रहरु मा कार्य गर्दै आएको छ ।