चितवन। स्व. यमनाथ पाण्डेको स्मृतिमा छात्रबृत्ति कोष २०८० स्थापना गरिएको छ । पाण्डे बन्धु सेवा प्रतिष्ठानमा ४ लाखको छात्रवृत्ति कोष स्थापना गरिएको हो ।
यस कोषबाट चितवन र गोरखा जिल्लाका सामुदायिक बिद्यालयका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । यस कोषमा हरेक वर्ष रकम थपिने छ । हरेक वर्ष दुई जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । बिद्यार्थी छनोट गर्दा एक बिद्यार्थीलाई ५ वर्ष सम्म छात्रवृत्ति प्रदान गरिने छ । आर्थिक रुपमा बिपन्न बिद्यार्थी, बुबा, आमा वा दुबै नभएका, शारीरिक रुपमा अशक्त, अल्पसंख्यक , दलित, उत्पिडित समुदायलाई प्रथामिकता दिईने पाण्डेका छोरा एबम गृह मन्त्रालयका सहसचिब भरतमणी पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार रमेश पाण्डेले स्व. यमनाथ पाण्डेको जीवनी माथि प्रकाश पार्नुभयो । पाण्डेको वि. सं. २०५१ सालमा ३८ वर्षको उमेरमा निधन भएको थियो । पाण्डेको निधन भएको ३० वर्ष पछि अक्षकोष स्थापना गरिएको हो । कोष आज देखि संचालनमा आएको हो । छात्रबृत्ति दिने बिद्यार्थीलाई यस कोषबाट प्रत्येक महिना रु एक हजार नगद, हरेक वर्ष दुईजोर बिध्यालय पोशाक, स्टेसनरी सामाग्री लगाएत उपलव्ध गराईने छ ।
गोरखा जिल्लाको श्रीनाथकोटमा जन्मनुभएका पण्डेले समाज परिवर्तनमा खेलेको भूमिका महत्वपूर्ण रहेको गोरखाका जिल्ला न्याधिश तेजेन्द्र सापकोटाले बताउनुभयो । पढ्न नपाएका बालबालिकाहरुलाई अध्ययनका लागि सहयोग गर्ने परिवारको पहल कदमीले शिक्षा क्षेत्रमा महत्वपूर्ण काम भएको उहाँले बताउनुभयो । कार्यक्रममा कोषकी संरक्षक एवं स्वर्गीय पाण्डेकी श्रीमती हिरादेवि पाण्डे, गोरखाको श्रीनाथकोट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष निलवहादुर बस्नेत,बिरेन्द्र क्याम्पस नमुना टोल बिकास संस्थाका अध्यक्ष शेषराज सापकोटा, कोषका संरक्षक चुडामणी सापकोटा लगायतले बोल्नुभएको थियो । स्व. पाण्डेका दुई छोरा, एक छोरी, छ जना नातिनातिनाहरु रहेका छन् ।