चितवन। भरतपुरस्थित कैलाथ युथ क्लबको अध्यक्षमा सविन अधिकारी सर्वसम्मत चयन भएका छन् । क्लबको सम्पन्न चौँथो अधिवेशनले अधिकारीको नेतृत्वमा ११ सदस्यिय नयाँ कमिटी चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा युवराज अधिकारी, सचिवमा प्रदीप पराजुली, सह–सचिवमा शंकर ढकाल र कोषाध्यक्षमा अम्बिका लामिछाने चयन भएका छन् । सदस्यहरुमा सन्दीप अधिकारी, राज घले, जीवन बराल, शिवहरी सुवेदी, प्रतिमा तिमिल्सिना र शालिग्राम सापकोटा रहेका छन् । नवनिर्वाचित अध्यक्ष अधिकारीले क्लबका गतिविधिलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिवद्धता जनाए ।