आगमी अक्टोबर नोभेम्बरमा संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा ओपनर फखर जमान, अनुभवी ब्याट्सम्यान शोएब मलिक, युवा ब्यास्ट्सम्यान हैदर अली र तीव्र गतिका बलर वहाब रियाज लगायतका खेलाडीहरु अन्तिम १५ मा अटाएका छैनन् ।
पाकिस्तानको घोषणा टोलीमा युवा आक्रामक ब्याट्सम्यान आजम खान र मोहम्मद वासिमले स्थान बनाएका छन् । खुशदील शाहले ९, आजम खानले ३ र मोहम्मद वासिमले ४ मात्र टि२० आई खेल खेलेका छन् । मध्यक्रममा आसिफ अली, मोहम्मद हफिज र सोहिब मकसदु रहने भएका छन् । मध्यक्रम पाकिस्तानको कमजोरीको रुपमा रहँदै आएको छ । पाकिस्तान विश्वकपको सुपर १२ को समूह बी मा छ । समूह बी मा पाकिस्तानसँगै भारत, न्युजिल्यान्ड, अफगानिस्तान रहेका छन् ।
पाकिस्तानको टि२० विश्वकप खेल्ने टोली :
बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, आजम खान, हरिस रौफ, हसन अली, ईमाद वासिम, खुशदील शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम, शाहिन शाह अफ्रिदी र सोहिब मकसुद ।
भ्रमण वैकल्पिक खेलाडी : फखर जमान, उस्मान कादिर र शाहनवाज दहानी । एजेन्सी