मुग्लिन । आजदेखि सञ्चालनमा आउने भनिएको मनकामना केबलकार केही दिन पर सरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनबाट कुनै निर्णय नआएकाले आजदेखि केबलकार सञ्चालन नगरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्जवल शेरचनले बताउनुभयो ।
उहाँका अनुसार मनकामना मन्दिर खुलाउनका लागि जिल्ला प्रशासन कार्यालय गोरखाले निर्णय गरेपछि २/३ दिनमा केबलकार पनि सञ्चालन गरिने छ।
उहाँले भन्नुभयो,“ जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोधमा आज देखि सञ्चालन गर्ने भनिएपनि रोकिएको हो, जिल्ला प्रशासन कार्यालय गोरखाबाट मन्दिर खुल्ने २/३ दिनपछि निर्णय आउने छ, मन्दिरसँगै केबलकार पनि सञ्चालन गरिने छ ।” कोभिड १९ को महामारीसँगै मनकामना केबलकार सेवा बन्द गरिएको हो ।