चितवन । पछिल्ला दिनहरुमा चितवनमा सुनचांँदी व्यवसायमा सुधार हुंँदै गएको पाईएको छ । गतबर्षको निशेधाज्ञा र बन्दाबन्दीको तुलनामा यो बर्ष केही खुकुलो भएपछि ग्राहकरुको संख्यामा पनि बृद्धि भएको हो । नेपालीहरुको महान चाड तीज दशैं, तिहारजस्ता चाडपर्व नजिकिदैं जांँदा पनि व्यवसायमा केही सूधार भएको व्यवसायीहरु बताउंँछन ।
न्यू लोकमान एण्ड सन्सका सञ्चालक निलेमान शाक्य अघिल्ला बर्षहरुको तुलनामा व्यवसायले गति नलिएपनि गतबर्षको तुलनामा केही सुधार भएको बताउंँछन । ‘ पोहोरको भन्दा त अहिले केही सुधार त देखिएको छ तर अपेक्षित रुपमा व्यापार भएको छैन ।’ कोरोना संक्रमणदर र निशेधाज्ञा खुकुलो हुंँदै गएकोले ग्राहकहरु क्रमश बृद्धि हुंँदै गएको उनले बताए । ‘अब प्रशासनले पार्टी प्यालेस, अन्य क्षेत्रलाई पनि खुकुलो गर्दै लगेको छ आशा छ थप सुधार हुनेछ ।’ शाक्यले भने ।
अन्य क्षेत्रहरु खुकुलो भएसंँगै बजारमा मानिसहरुको पनि चहल पहल देखिएको छ । अन्य आर्थिक गतिविधि चलायमान भएसंँगै यस व्यवसायमा पनि सुधार हुंँदै गएको हो । जय सन्तोषी मांँ शोरुमका सञ्चालक रुवीन रामुदामु पछिल्लो समय मानिसहरुको चहलपहल बढ्दैं जांँदा र तीज नजिकिएसंँगै सेवाग्राही क्रमशः बृद्धि हुदै गएको बताउंँछन । ‘अपेक्षा गरेजस्तो व्यापार त छैन जेहोस अहिलेको अवस्थालाई सन्तोषजनकनै मान्नुपर्छ ।’ रामुदामुले भने । संक्रमणदर कम हुंँदै जांँदा र अधिकांश मानिसले कोभिड १९ को खोप लगाईसकेकोले व्यापारी र सेवाग्राहीमा आत्मबल बढेको उनको भनाई छ । ‘ग्राहकको संख्यामा त केही बृद्धि भएको छ तर खर्चको हिसाबले आम्दानी कम छ ।’ उनले भने ।
कोभिडका कारण विगतका विहे ,पार्टी जस्ता कार्यहरु विस्तारै खुल्दै गएकोले पनि बजारमा बाक्लै चहलपहल बढेको छ । यातायात, पर्यटन व्यवसाय, अन्य साना व्यवसायहरु सञ्चालनमा आएसंँगै सुनचांँदी व्यवसायमा पनि न्यून सुधार भएको हो ।
यस ज्वेलर्स नारायणगढका सञ्चालक यम बिक पोहोरतिर व्यवसाय ठप्प र धराशायी जस्तै भएपनि यसबर्ष कारोबार सुधारोन्मुख भएकोले व्यवसायीमा आशा र उत्साह पलाएको बताउंँछन । ‘पोहोर यस समय बजारनै ठप्प थियो बिकले भने, अहिले तीजका गहना किन्ने क्रम पनि बढेको छ ।’ उनका अनुसार पछिल्लो समय सुनको मुल्य बृद्धि हुदै जानु कोभिडका कारण ग्राहकको क्रय क्षमतामा ह्रास भएको कारण अघिल्ला बर्षजस्तो कारोबार भएको छैन ।
सुनको कच्चा पदार्थ विदेशबाट नआउनु , माग बढ्दा बजारमा सुन अभाव देखिने जस्ता समस्याले माग र आपुर्तिमा सन्तुलन नभएको उनको भनाई छ ।
सुनचांँदीको बजार ,व्यवसायहरुपनि क्रमिक रुपमा बढ्दै गएसंँगै प्रतिस्पर्धापनि उत्तिकै छ । तर सुनको मुल्य बढेका कारण ग्राहकले खरीद गर्ने परिमाण भने घट्दै गएको बताउंँछन सुनचांँदी व्यवसायी संघ, चितवनका अध्यक्ष टेक बहादुर सुनार । ‘व्यापार त सुधारोन्मुख देखिन्छ, तर यो कतिसम्म सुधार हुन्छ भन्ने हो , विकले भने, कारोबार बढ्दा सुन अभाव घट्दा सुन मौज्दात हुने समस्या हट्नुपरयो । गतसालमा व्यवसायीहरु चिन्तित र विस्थापित हुने जोखिम भएपनि निशेधाज्ञा खुकुलो हुंँदै जांँदा यसबर्ष केही आत्मविश्वास बढेको उनले बताए । संघको तथ्यांक अनुसार चितवनमा पांँचसयको हाराहारीमा सुनचांँदी पसलहरु सञ्चालनमा छन ।

