काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको आधा घण्टाको अवधिमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९दशमलव ९७ प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७३ दशमलव ८० पुगेको छ ।
कम्पनीको शेयरमा उच्च खरीद माग भएसँगै सकारात्मक सर्किट लागेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको ६ लाख ७० हजार ८८७ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
कम्पनीको शेयर गत भदौ १७ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । कम्पनीको शेयर २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले ६० लाख कित्ता सर्वसाधारणको लागि र संस्थापकतर्फको १ करोड ४० लाख कित्तासमेत गरी कुल २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
नेप्सेले पहिलो कारोबारको लागि रू. १०३ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेञ्ज तोकेकोमा अधिकतम मूल्यमा कारोबार खुलेको थियो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीको सिम्बोल एसएलआई रहेको छ । कम्पनीले गत साउन २० गतेदेखि २४ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।