काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ८१ अंक बढेको छ ।
प्रि – ओपन सेसनमा परिसूचक २ हजार ९२८ दशमलव ८० विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका ५३ ओटा कम्पनीको ६ हजार ६९२ कित्ता शेयरको रू. ४७ लाख ८५ हजार २२० बराबरको शेयर खरीदविक्री भएको छ ।
प्रि – ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री भने डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रू. ८ लाख २८ हजार बराबरको भएको छ । त्यसैगरी कारोबारमा आएका ५३ ओटा कम्पनीमध्ये १४ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने २५ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यसैगरी सो अवधिमा १४ ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।