चितवन। प्रेस चौतारी नेपाल चितवनको जोखिम पत्रकारिता पुरस्कारबाट युवा पत्रकारद्वय कुल प्रसाद काफ्ले र हिरालाल आचार्य सम्मानित भएका छन ।आज भरतपुरमा आयोजित कार्यक्रममा काफ्ले र आचार्यलाई नगद रु १० हजारसहित खादा र प्रमाण पत्र सहित सम्मान गरिएको हो ।
काफ्ले स्थानीय चितवन पोस्ट दैनिक र थाहा खबर कार्यरत छन । त्यस्तै आचार्य नारायणी अनलाइनमा कार्यरत छन । साथै कार्यक्रममा कोरोनाको समयमा प्रेस चौतारीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने संघसंस्थालाई पनि सम्मान गरिएको थियो ।
अध्यक्ष तथा राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल, विशेष अतिथि एमाले बाग्मती प्रदेश कमिटी सदस्य जगन्नाथ थपलिया, प्रेस चौतारी नेपाल बागमती प्रदेश सह संयोजक शिशिर सिंखडा, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश ज्ञावाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको हो।

