चितवन । चितवनमा पछिल्ला दिनमा थपिएको निशेधाज्ञा केही खुकुलो गर्दै लगिएको छ । जिल्लामा कोरोना संक्रमितको दर र मृत्युदर घट्दै गएको कारण निशेधाज्ञामा खुकुलो गर्दै लगिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ । थपिने निशेधाज्ञामा यातायातमा जोर विजोर प्रणाली र होटल रेष्टुरेण्टको खुल्ने समयावधि पनि थपिएको छ ।
आज कार्यालयले आदेश जारी गर्दै भदौ ३१ गतेसम्म निशेधाज्ञा थपेको हो । जारी निशेधाज्ञा आइतवार राती १२ बजे सकिंँदैछ । कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले पछिल्ला समयमा कोरोना संक्रमित दर र मृत्युदरमा कमी आउंँदै गएकोले निशेधाज्ञा खुकुलो गरिएको बताए । ‘यसअघि गरिएको निशेधाज्ञामा सक्रिय संक्रमितको संख्या २२००को हाराहारीमा थियो , अहिले १ हजारको हाराहारीमा छन ।’ पौडेलले भने, थपिएको निशेधाज्ञामा यातायातमा जोर विजोर हटाइएको होटल रेष्टुरेण्टको खोल्ने समयतालिका बढाईएको, स्मार्टलकडाउन सहित विद्यालयको अवस्था हेरेर असोज १ गतेबाट खोल्न अनुमति दिइने , पार्टी प्यालेस मा ५० प्रतिशत क्षमता मात्र रहने गरी खोल्न पाईने उनले जानकारी दिए । जारी आदेशमा सभा सेमिनारका लागि मापदण्ड अपनाएर खोल्न अनुमति दिने भनिएतापनिे गरिएपनि सिनेमा हल भने खोल्न भने अनुमति दिईएको छैन । ‘अब काठमाडौंमा सिनेमा हल पनि खोल्न पाइने भनेर आदेश जारी भयो हाम्रोमा अव पुन थपिने निशेधाज्ञामा खोल्ने वातावरण बन्ला ।’ सूचना अधिकारी पौडेलले भने । कोरोना संक्रमणको दर र अवस्था हेरेर कोरोनाबाट थप प्रभावित क्षेत्रहरुलाई पनि सहजिकरण गर्दै लगिने उनको भनाई छ ।
धार्मिक मठ मन्दिर अनुष्ठान हरुमा नियमित दैनिक नित्य पूजा गर्न पाएपनि भीड भएर गरिने सांस्कृतिक तथा समाजिक गतिविधिहरु गर्न नपाईने आदेशमा उल्लेख छ । अन्य आदेशहरु पहिलेकै नियम अनुरुप चल्नेछन । आदेशमा संक्रमित दर थप खट्दै गएको खण्डमा जारी गरिएको निशेधाज्ञाको समयाअवधि भित्रनै आदेश शंशोधन एवं पुनरावलोकन गर्न सकिने उल्लेख छ ।