चितवन । बालसरक्षण र मानव बेचबिखन तथा ओसारपसारको अवस्थाको सवालमा बुधबार भरतपुरमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । बालसरक्षण र मानव बेचबिखन तथा ओसारपसारको अवस्थाको सवालमा सेवा प्रदायकहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र ( सेलर्ड ) ले जनाएको छ ।
भरतपुर महानगरपालिकामा बालबालिकाहरुको अवस्था, मानव बेचबिखनको अवस्था र मानव ओसारपसारको अवस्था दिनानुदिन जटिल बन्दै गएको सेलर्डको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र ( सेलर्ड ) काठमाडौको आयोजना तथा भरतपुर महानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा स्थानीय तहमा बालबालिकाको सरक्षण सम्बन्धि कानुनी सयन्त्रका बारेमा पनि बृहत् छलफल गरिएको छ ।
कार्यक्रममा बोल्नु हुँदै भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले अब सबै खालका बालबालिका महानगरको सरक्षणमा रहने उल्लेख गर्नु भयो । भरतपुर महानगरपालिकाले बालबालिकाको क्षेत्रमा न्यायमुलक तरिकाबाट काम गरिरहेको बताउदै उहाँले अब कोहि बालबालिका हाम्रो सरक्षण भन्दा बाहिर रहन नपर्ने समेत ठोक्कुवा गर्नु भयो ।
बालबालिकाहरुको हक अधिकारको सुनिश्चितता नभए सम्म समाजले बिकासको गति लिन नसक्ने उहाँको टिप्पणी रहेको छ ।
कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र ( सेलर्ड ) काठमाडौका सचिब तथा अधिबक्ता सुखदेब सापकोटाले बाल सरक्षणको बर्तमान अवस्था,चुनौती र बालबालिकाको सरक्षणका सम्बन्धमा हाल सम्म भएका प्रयासहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।
भरतपुर महानगरपालिकाले स्थानीय सरकार सन्चालन ऐन २०७४ ( १ ) अनुसार बालबालिकाको सरक्षण र सम्बर्द्धन गरिरहेको जनाएको छ ।
भरतपुर महानगरपालिकाले हाल अभिभावक बिहिन तथा कुनै पनि साहारा नभएका ११ जना बालबालिकाहरुलाइ प्रदेश सरकारको सहयोगमा मासिक २ हजारका दरले भत्ता प्रदान गरिरहेको छ । महानगरले यस बर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागी ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेब ढकालले जानकारी दिनु भयो ।
सन् २०१७ मा गरिएको एक तथ्यांकअनुसार ७६ प्रतिशत बालबालिकाहरु असुरक्षित रहेकोे देखाएको छ जस मध्ये ११ हजार बालबालिकाहरु जोखिममा रहेका छन ।
स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १०२ को (१)ले बालबालिकाको सम्बन्धमा कानुन बनाउने अधिकार स्थानीय सरकारलाइ दिएको छ ।
सेलर्डले यस अघि पनि भरतपुर महानगरपालिकाको सहयोग तथा समन्वयमा स्थानीय तहमा बालबालिकाहरुको सरक्षण र सम्बर्द्धनका बिषयमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।