चितवन । रत्ननगर नगरपालिकाका तीन जना वडाध्यक्ष सहित १८ जनाले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजबादी रोजेका छन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनमा आज नेकपा एकीकृत समाजबादीमा सनाखन गरेसंगै उनीहरुले औपचारिक रुपमा एमाले छाडेका हुन । वडा नं ९ का वडाध्यक्ष रोशन आचार्य,वडा नं १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठ,वडा नं १५ का वडाध्यक्ष हुमनाथ लामिछाने लगायत १८ जना कार्यपालिका सदस्य र वडा सदस्यहरुले समाजबादीमा सनाखत गरेका हुन ।
कार्यपालिका सदस्यहरु राजेन्द्र हमाल,कृष्णहरि परियार,वडा नं १२ की वडासदस्य तथा कार्यपालिका सदस्य निर्मला खड्का,वडा नं १६ का वडा सदस्य नेत्र रायमाझी,वडा नं ८ का वडा सदस्यहरु नेत्र गिरी,कुमारी विक,वडा नं ३ की वडा सदस्य विमला परियार,वडा नं ९ की वडा सदस्य गायत्री विक,सोही वडाका वडा सदस्य मन बहादुर थापामगर,वडा नं १० का वडा सदस्य कमलबहादुर घिमिरे र वडा नं १५ का वडा सदस्य अनिल थिङले समाजबादी पार्टीमा सनाखत गरेका छन् ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि मध्ये १८जनाले नेकपा (एकीकृत समाजवादी) रोजेको रत्ननगर नगरपालिकाकाको प्रवक्ता समेत रहेको राजेन्द्र हमालले बताए । उनले केही वडाध्यक्ष सहित सदस्यहरु नेकपा एकीकृत समाजबादी पार्टीमा आउने दाबी गरे ।