चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्रमा लाग्ने बिक्रम बाबा मेलाको व्यवस्थापनका सन्दर्भमा माडी र भरतपुरका जनप्रतिनिधीहरुबिच प्रारम्भिक छलफल भएको छ ।
शनिवार माडीको बरुवा बजारमा माडीका नगर उपप्रमुख खेमप्रसाद महतो र माडी-१ का वडाध्यक्ष अमित कुमार लामा तथा भरतपुर महानगरपालिका-२३ का वडाध्यक्ष दिपक दवाडी लगायतबिच मेला व्यवस्थापनबारे छलफल भएको हो ।
छलफलमा मेलाको व्यवस्थापनमा भरतपुर २३ र माडी १ बिच आपसी समन्वय गर्ने, हुलाकी बाटोमा भीड नहुनेगरी मेला लगाउने र माडीबाट मेलामा जाने सवारीहरु राप्ती पुल वारी नै राख्ने व्यवस्थाका लागि निकुञ्ज प्रशासनसंग पहल गर्ने लगायतका सहमती भएका छन् ।
रामनवमी (चैते दशैं)को अवसरमा लाग्ने विक्रम बाबाको मेला भरतपुर क्षेत्रमा हुने गरेको छ भने बिक्रमबाबाको पुजा भने माडी क्षेत्रमा हुने गरेको छ । १५ दिन सम्म चल्ने सो मेलामा देशैभरबाट दर्शनार्थीको उल्लेख्य सहभागिता रहँदै आएको छ ।