चितवन । चितवनको इच्छाकामनामा रोलर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
आज विहान १० : ३० बजे शक्तिखोर–फिस्लिङ सडक अन्तरगत इच्छाकामना २ स्थित सेतो पहारा भन्ने स्थानमा सडक निर्माणको क्रममा रोलर सडक भासी तल खस्दा चालक इच्छाकामना ६ टोड्केका नबिन गुरुङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिनु भयो । मृतक गुरुङको शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
निर्माणाधिन यस सडकमा हिजो मात्र ट्रिपर दुर्घटनता हुदाँ एक जना घाइते भएका थिए ।