भरतपुर । भरतपुर महानगरको नगर सभापतिमा भरत अधिकारीको उम्मेदवारी दिने भएका छन् । अधिकारी कांग्रेसको १४ औं महाधिवेसनमा नगरसभापति पदका लागि अधिकारी बलिया प्रतिस्पर्धीको रुपमा देखिएका छन । १० औं महाधिवेसनपछि लगातर कांग्रेसको नेतृत्वमा रहेका अधिकारी तत्कालिन भरतपुर उपमहानगरको नगर समितिमा फराकिलो मतान्तरले सभापतिमा निर्वाचित भएका थिए ।
राज्य पुर्नसंरचनामा गएपछि तत्कालिन भरतपुर उपमहानगर, चित्रवन, नारायणी नगर र कविलास गाउँ विकास समिति समायोजन गरी १८ महिना पहिले उनी भरतपुर महानगरको समायोजन समितिको सभापति बनिसकेका छन । नगरसभापति पदमा निर्वाचित भएमा ५ वर्ष अन्य कुनै पदमा दाबेदारी नगर्ने प्रतिवद्धता जनाएका छन् । स्थानीय, प्रदेश र संघीय चुनावमा दाबी नगर्ने उनको भनाई छ । आफू निर्वाचित भएमा अन्य पदीय लोभ छाडेर महानगर क्षेत्रमा कांग्रेस संगठनलाईनै बलियो बनाउन लागिपर्ने उनले बताए ।
१५ वर्षकै उमेरमा ०३६ सालको जनआन्दोलनमा लागेका उनी ०३७ सालको जनमत संग्रह, ०४२ सालको सत्याग्रह, ०४६ सालको जनआन्दोलन, ०६२–६३ सालको दोस्रो जनआन्दोलनमा सक्रिय भएर लागेका थिए ।
२०३९ सालमा विश्वप्रकाश माविको नेविसंघको अध्यक्ष, ०५८ मा तरुण दलको मंगलपुर अध्यक्ष, ०६२ सालमा तरुण दल जिल्ला सदस्य, ०६४ मा क्षेत्रीय सचिव, ०६९ मा कांग्रेसको जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख बनेका थिए । वीपी गणेशमान प्रतिष्ठानका संस्थापक केन्द्रीय सचिव हुन् । नगर समितिका सभापति पदका उम्मेदवार भरत अधिकारीले महानगर क्षेत्रमा कांग्रेस संगठनलाई मजबुत र एकताबद्ध बनाउन लागिपर्ने दाबी गरे । “सांगठिनक गतिविधि तीव्र पारिने छ, तीनै तहका चुनावमा कांग्रेसलाई पहिलो शक्ति बनाइने छ”, उनले भने, “नगर सभापतिमा सबैको साथ हुने विश्वास छ ।”