चितवन । नेपाली कांग्रेस चितवनका सचिव य्वा नेता उत्तम जोशीले आगामी कांग्रेसलाई पहिलो पार्टी बनाउन १४ औँ महाधिवेशनमा जिल्लामा सभापतिको पदमा उम्मेदवारी दिने बताएका छन्।
सभापति पदका लागि सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषण गरेको जोशीले आगामी निर्वाचनमा जिल्लाको सात वटै स्थानिय तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउन आफूले सभापतिमा उम्मेदवारी दिन लागेको स्पष्ट पारेका हुन्।
‘मैले नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको सभापति पदको लागि आफ्नै वडा भरतपुर महानगरपालिका वडा नं १० को वडा भेलाबाट औपचारिकरुपमा घोषणा गरेको छु, उनले भने, आशा एवं विश्वास छ जिल्ला कार्यसमितिको सभापति पदमा तपाईंहरूको साथ सहयोग, सद्भाव र अमूल्य मतको अपेक्षा राखेको छु ।’
युवा पंक्तीमा निकै लोकप्रिय नेताका रुपमा जोशी परिचित छन् । कांग्रेसको विभिन्न पदमा रहेका काम गरेका पाण्डे लामो समयदेखि सामाजिक कार्यमा समेत क्रियाशिल रहदै आएका छन् । पार्टीका विभिन्न भातृ संगठनलाई अत्याधुनिक वैज्ञानिक रुपमा संचालन गर्नुपर्ने पहिलो मुख्य एजेण्डा भएको उनले भने, संगठनलाई सशक्त र चुस्त बनाउने मेरो अर्को एजेण्डा हो ।