काबुल। अफगानिस्तानमा अमेरिकी सेनाको २० वर्ष लामो उपस्थिति समाप्त भएकोे छ । अमेरिकाले मंगलबार काबुलबाट आफ्ना सम्पूर्ण सेना फिर्ता गरेसँगै अमेरिकी उपस्थिति अन्त्य भएको हो । मंगलबार अन्तिम पटक अमेरिकी दूत सबार सी १७ विमान काबुलबाट वासिंगटनका लागि प्रस्थान गरेको थियो ।
अन्तिम अमेरिकी विमान काबुलको आकाशमा उडेपछि तालिवानले बन्दूक पड्काएर खुसियाली मनाएका थिए । अमेरिकी सेनाले काबुल छोडेपछि तालिवान लडाकूले काबुल विमानस्थलमामा निगरानी बढाएको थियो । केही लडाकूले अमेरिकी सेनाले छोडेका सैन्य पोसाक लगाएका देखिन्थे ।
सन् २०२० को जनवरीमा भएको एउटा सम्झौतामा अमेरिकाले ३१ अगस्टभित्र आफ्ना सम्पूर्ण सेना फिर्ता गरिसक्नुपर्ने उल्लेख थियो । तोकिएको समयभित्र सबै सेना फिर्ता गर्न अमेरिकामाथि तालिवानले दबाब दिएको थियो । आफूहरुसँगै अमेरिका जान नसकेका अफगानीलाई कूटनीतिक नियोगले निरन्तर सहयोग गर्ने अमेरिकाले जनाएको छ । अमेरिकाले आफ्ना नागरिक र अफगान सर्वसाधरण गरी १ लाख २३ हजारलाई स्वदेश फिर्ता गरेको जनाएको छ ।
दुई दशक लामो अफगान युद्धमा अमेरिकाले ठूलो मुल्य चुकाएको छ । युद्धमा २४ सय अमेरिकी सेनाको ज्यान गएको छ । एजेन्सी