जाजरकोट । जाजरकोटमा भीरबाट लडेर पूर्व जनमुक्ति सेनाका कमाण्डरको मृत्यु भएको छ । भेरी नगरपालिका २ डिँगा निवासी ३९ वर्षीय नरबहादुर थापा (जलन) को घर नजिकैको भीरबाट लडेर ज्यान गएको हो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका जिल्ला इन्जार्च ढकबीर रानाले हिडिरहेको अवस्थामा भिरालो वाटोबाट एक्कासी लड्दा थापाको मृत्यु भएको जानकारी दिनुभयो ।