एजेन्सी । पाकिस्तानमा लुक्दै आएका अलकायदा प्रमुख २० बर्षपछि अफगानिस्तान फर्केका छन् । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएलगत्तै अलकायदा प्रमुख तथा प्रभावशाली नेता अमीन उल हक अफगानिस्तान फर्केका हुन् ।
अमेरिकी सेनाको तैनाथी पछि पाकिस्तान पुगेका उनी ओसामा बिन लादेनका बिश्वाश पात्र एवम् सहयोगी थिए । ओसामा बिन लादेनको मृत्यु पछी अलकायदाको कमाण्ड सम्हालेका अमीन उल हक अफगानिस्तानको आफ्नो गृह जिल्ला नांगहार फर्कदा उनका सयौं समर्थकरुले फुलमाला सहित स्वागत गरेका छन् ।
अमेरिकाले सन् २००१ मा जारी गरेको आतंकबादीको सुचीमा अमीनको नाम पनि सामेल थियो । अमीन अफगानिस्तान फर्केपछि त्यहाँ अलकायदाको पकड बलियो हुन सक्ने आंकलन गरिएको छ । तालीवानको हातमा सत्ता गएको अफगानिस्तानमा अलकायदाका प्रमुख पनि पुग्नुले यी दुई समूहको गठबन्धनले आतंकबाद झन मौलाउने आशंका पनि गरिएको छ ।