चितवन । टिकौली जंगलमा सवारीसाधनले ठक्कर दिंँदा भाले मृगको मृत्यु भएको छ । आज साँझ ६ बजेर ५० मिनेट जांँदा बाटो पार गर्नेक्रममा ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बयस्क जस्तो देखिने भाले मृगलाई सवारीसाधनले ठक्कर दिँदा मृगको मृत्यु भएको जानकारी दिए । ठक्कर दिने सवारीको बिषयमा हालसम्म केही खुल्न सकेको छैन ।
ठक्कर दिएको ठाउंँमा मोटरसाइकलको भाइजर फुटेको देखिएकोले मोटरसाइकलले ठक्कर दिएको प्रहरीको अनुमान छ । दुर्घटनामा परेर मृग मृत भएको खबर पाएपछि जिल्ला वन कार्यालयको टोलीले मुचुल्का बनाएर मृत मृग लगेको अधिकारीले जानकारी दिए । फरार रहेका सवारी चालकको खोजी कार्य भईरहेको र यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सवारीसाधनको ठक्करबाट टिकौलीमा भाले मृगको मृत्यु
सवारीसाधनको ठक्करबाट टिकौलीमा भाले मृगको मृत्यु
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु