नवलपरासी। बुधबार बिहान ६:०० बजे भारतबाट भन्सार छली ल्याईएको गहुँ नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं.५ बसहिया स्थित कैलास हजामको घरमा लुकाई छिपाई राख्ने क्रममा अन्दाजी २ लाख मुल्य बराबरको १३३ बोरा गहुँ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोली, ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले फेला पारी रितपुर्वक बरामद गरी कारबाहीको लागि मेशपुर भन्सार कार्यालय बुजाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।