काठमाडौं । सरकारले कक्षा १२ को परीक्षा समयमा सञ्चालन गर्न नसक्दा विद्यार्थीहरु मारमा परेका छन् ।
गत जेठ २६ गते तय भएको परिक्षा कोरोना माहामारीका कारण स्थगित हुन पुगेको थियो । त्यसपछि साउन ३१ गते सरेको परिक्षा पनि स्थगित भएको थियो । त्यसपछि संसदीय समितिले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै कक्षा १२ को बोर्ड परीक्षा यथाशीघ्र सञ्चालन गर्न नेपाल सरकारलाई निर्देशन दिए पनि अहिलेसम्म परिक्षा हुने सिमित मिति तोकिएको छैन् ।
परीक्षा पटक-पटक स्थगित हुदा एक वर्ष खेर जान लागेको विद्यार्थीहरुको गुनासो छ । अरु तहको परीक्षा सम्पन्न भएपनि कक्षा १२ को परिक्षा हुन नसकेकोले विद्यार्थीहरु थप चिन्तनमा परेका छन् । परिक्षामा अन्योल भएपछि विद्यार्थीहरुको कक्षा १२ पछि वैदिसिक शिक्षाको योजना पुरा हुन सकेको छैन । कोरोना माहामारी र सरकारको फितलो तयारी विद्यार्थीहरुको वैदिसिक शिक्षाको योजनामा बाधक बनिरहेको छ ।
संसदीय समितिले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा यथाशीघ्र सञ्चालन गर्न सरकारलाई निर्देशन दिएपछि भने विद्यार्थीहरुमा छिटै परिक्षा सञ्चालन हुने आश पलाएको छ । तर, अझैपनि कोरोना माहामारीका कारण परिक्षा हुने नहुनेमा अन्योल कायमै छ ।