तेह्रथुम । तेह्रथुम जिल्लाको फेदान गाउँपालिकामा निमार्ण भएको सिम्रा गुफा औशीडाडा सडक ६ महिना नबित्दै भत्किन थालेको छ । सडक निमार्णमा गुणस्तरीय काम नभएकोले निमार्ण भएको केही महिनामै भत्किन थालेको हो ।
४७ लाख ४६ हजार रुपैँयाको लागतमा जयशम्भु निमार्ण सेवा ईलामले सडक निर्माण बनाएको हो । गुणस्तरी काम नहुँदा सडक छिट्टै भत्किएको स्थानीयले गुनासो गरेका छन् । बर्खामा हिलाम्यै र हिउँदमा धुलाम्यै हुने सडक निमार्णले हर्षित नागरिक पुनः निरास बनेका छन् ।