काठमाडौँ। काठमाडौंको नागढुंगा स्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।
नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ। सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेकोप्रहरीले जानकारी दिएको छ। ।