चितवन । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक चितवन आउन लागेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वागतमा सडक धोएर सफा गरिएको छ ।
विरेन्द्र क्याम्पस चोकदेखि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको निवाससम्म र नारायणी मावि अगाडि वारुण यन्त्रले सडक धोएको छ ।प्रचण्डको स्वागतका लागि आज बिहानै सडकमा पानी हालेर सफा गरिएको हो । नारायणी माविको हिरक महोत्सवको उद्घाटन गर्न प्रचण्ड चितवन आउन लागेका हुन् ।
उनको सुरक्षाका लागि भरतपुरका सडकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नारायणी मावि र चोक–चोकमा सुरक्षाकर्मी तैनाथ छन् ।