काठमाडौं, नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली घोषणा भएको छ । बिहीबार अल इन्डियन फुटबल फेडेरेसन (एआईएफएफ)ले २५ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाल र भारतबीचको खेल १७ र २० भदौमा दशरथ रंगशालामा हुनेछ । यसअघि एएफसी कप छनोटमा रहेका एटिके मोहन बंगान र बैगरुलु एफसीका खेलाडीलाई समेटेर प्रशिक्षक इगोर स्टिम्याकले टोली घोषणा गरेका हुन् ।
एटिके मोहन बंगानका खेलाडी बिहीबार नै कोलकात्ता पुगिसकेका छन् । बैंगरुलुका खेलाडी भने १३ भदौ टोलीमा सामेल हुनेछन् । सुनिल क्षेत्रीको कप्तानीमा रहेको भारतीय टोली ३० अगस्ट (१४ भदौ) नेपाल आउनेछ ।
यता, नेपाललेसमेत भारतविरुद्ध खेलको लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए ।
भारतीय टोली
गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोइरङथेम, अम्रिन्दर सिंह
डिफेन्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव देसाई, शुभाशीष बोस, सेरिटन फर्नाण्डेज,
मिडफिल्डर : अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह
स्ट्राइकर : मन्विर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी