चितवन । मध्यपूर्वी माडीस्थित परुई किनारमा बस्दै आएका चेपाङ परिवारको घरहरु डुबानमा परेका छन् ।शुक्रबार बिहानैदेखि भइरहेको बर्षाका कारण परुई खोलामा आएको बाढीले खोला नजिकै, चौरमा बनेका चेपाङ घरहरु डुबानमा पारेको हो । माडी-७ स्थित परुई किनारका १२ वटा घरहरु डुबानमा परेको स्थानीयबासी कमल चेपाङले जानकारी दिनुभयो ।
त्यस्तै, मध्यपूर्वी माडीकै टुनामुना खोलामा आएको बाढीले निर्माणाधीन पुलको सेन्ट्रिङका सामान र काठहरु बगाएको छ । बाढीले पुल निर्माणस्थलमा कटान गरेको माडी-८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।
यसैबिच, माडी क्षेत्रमा भारी वर्षामापन भएको र तथा रिउखोलामा जलसतह सतर्कता आसपास रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले माडी क्षेत्रमा एस.एम.एस. अलर्ट पठाउँदै सतर्कताको आग्रह गरेको हो ।स्वदेश एफएमबाट