चितवन । चालु आर्थिक बर्ष ०७८,७९ को साउन महिनामा यातायात व्यवस्था सेवा कार्यालय, चितवनले करीब सांँढे सात करोड रुपैंया कर संकलन गरेको छ । कार्यालयका अनुसार सबै शिर्षक गरी साउन महिनामा ७ करोड ४७ लाख ९५ हजार ९३० रुपैयांँ संकलन गरेको हो ।
यसमध्ये सबै भन्दा बढी सवारीसाधन कर शिर्षकमा राजश्व संकलन गरेको छ भने सबैभन्दा कम चालक अनुमति पत्र कर संकलन गरेको छ । जसअनुसार सवारीसाधन कर शिर्षकमा ६ करोड ४२ लाख ३३ हजार १५० रुपैयांँ र चालक अनुमति नवीकरण र सवारी दस्तुर किताव गरी ३५ लाख ४२ हजार ९४० रुपैंँया संकलन गरेको हो । यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट ७० लाख १९ हजार ८४० रुपैयांँ संकलन गरेको छ । प्रशासनिक दण्ड जरीवानाबाट भने साउन महिनामा कुनै रकम असुल भएको छैन ।
कार्यालय प्रमुख सुवास उप्रेतीले साउन महिनामा निशेधाज्ञाका बीच कार्यालय नियमित खुलेकोले अपेक्षित रुपमा कर संकलन गर्न सकिएको बताए । यो बर्ष नियमित कार्यालय खुल्न पाएमा ६५ करोड भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य लिईएको उनको भनाई छ ।
चालक अनुमति पत्र नवीकरण गर्ने तयारी
चितवन । अब चितवनको भरतपुरबाटनै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण गरिने भएको छ । अघिल्लो साता मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले चितवनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको सुरुवाती निर्णय गरेका हुन। अनुमतिपत्र निर्णय गरिएपनि विभागबाट हालसम्म अनुमति प्राप्त भएको छैन । कार्यालयका प्रमुख उप्रेतीले निर्णय भएपनि सेवा भने शुरु भइनसकेको बताए ।‘ निर्णय चाहिंँ भयो, तर जनशक्ति व्यवस्थापन र अन्य प्राविधिक पक्षका कुराहरु पनि बांँकी नै छ ।’ उप्रेतीले भने ।
ई–टोकन प्रणाली लागु
निशेधाज्ञाका र सेवाग्राहीको चापका कारण कार्यालयमा भीड बढेपछि कार्यालयले ईटोकन प्रणाली लागु गरेको छ । ईटोकन प्रणालीमा वेवसाईट ः खष्कष्ततmय।दबनmबतष्।नयख।लउ गएर सेवा लिन सक्नेछन ।
कार्यालय प्रमुख उप्रेतीले भीडभाड व्यवस्थापन गर्न यो प्रणालीलाई भेटघाट व्यवस्थापन प्रणाली नामकरण गरिएको बताए । उनका अनुसार अनलाईनबाट सेवाग्राहीले आफू अनुकुलको मिति र समय लिनसक्नेछन । र सोही समयमा गएर उनीहरुले सेवा लिन सक्नेछन । ‘यो प्रणालीले भीड व्यवस्थापन पनि हुन्छ, कोरोना जोखिम न्यूनिकरण पनि हुन्छ । समयको सदुपयोग पनि हुन्छ ।’ उप्रेतीले भने ।
हाल यस कार्यालयमा दैनिक ५०० भन्दा बढीले सेवा लिदै आएका छन ।